एउटा समय थियो जब हामी एक सभ्य मानिस थियौ, सभ्य मानिसको परिचय अर्कै थियो तर आज ... आजकल सभ्य मानिस (स्त्री वा पुरुष ) को परिचय अर्कै हुन पुगेको छ । तर आजभोली हामी कही न कही यस्तो प्रश्नको सामना गर्न पुग्छौ " के यो ठीक होला कि कुनै नचिनेको मान्छेको फेसबुक निमन्त्रण देखे पनि नदेखेको गरिदिउं ?" " कुनै रेस्टुरेन्टको टेबुलमा बसेर बिना कुनै अर्डर आफ्नो मोबाईलमा कति फ्रीमा wifi ईन्टरनेट चलाई रहु ?" डिजिटल लाईफ स्टाईलले हाम्रो जीवनमा आफ्नो आचार अनी व्यबहारमा यस्तै यस्तै धेरै प्रश्नहरुको जवाफ खोज्न थालिसकेको छ । यस्तै डिजिटल लाईफमा अब हामीले सिक्नु पर्ने केही शिष्टाचारहरु यहाँ प्रस्तुत गर्न खोजिएको छ , तपाईंले पनि अब यस्तो शिष्टाचारहरु सिक्ने बेला भएको छ कि ? प्रत्येक ब्यक्तिगत ईमेलको (जहा सम्म सम्भब छ) समयमा नै reply दिऔं । ईमेल गर्दा छोटो तर आफ्नो बिषय सँग मात्र सिमित राख्ने र यदि लामो ईमेल छ भने लामो नै जवाफको उपेछा नराख्ने । धेरै लामो ईमेल पठाउनुको मतलब धेरै सामान लिएर यात्रा गर्नु जस्तै हो त्यसैले लामो यात्रामा जादा धेरै सामान लिएर जादा जती गाह्रो हुन्छ त्यस्तै लामो...
Comments
Post a Comment