Skip to main content

Posts

Showing posts from October, 2025

Digital जीवनको लागि केही सिक्नु पर्ने शिष्टाचारहरु

  एउटा समय थियो जब हामी एक सभ्य मानिस थियौ, सभ्य मानिसको परिचय अर्कै थियो तर आज ... आजकल सभ्य मानिस (स्त्री वा पुरुष ) को परिचय अर्कै हुन पुगेको छ । तर आजभोली हामी कही न कही यस्तो प्रश्नको सामना गर्न पुग्छौ " के यो ठीक होला कि कुनै नचिनेको मान्छेको फेसबुक निमन्त्रण देखे पनि नदेखेको गरिदिउं ?" " कुनै रेस्टुरेन्टको टेबुलमा बसेर बिना कुनै अर्डर आफ्नो मोबाईलमा कति फ्रीमा wifi ईन्टरनेट चलाई रहु ?" डिजिटल लाईफ स्टाईलले हाम्रो जीवनमा आफ्नो आचार अनी व्यबहारमा यस्तै यस्तै धेरै प्रश्नहरुको जवाफ खोज्न थालिसकेको छ । यस्तै डिजिटल लाईफमा अब हामीले सिक्नु पर्ने केही शिष्टाचारहरु यहाँ प्रस्तुत गर्न खोजिएको छ , तपाईंले पनि अब यस्तो शिष्टाचारहरु सिक्ने बेला भएको छ कि ?  प्रत्येक ब्यक्तिगत ईमेलको (जहा सम्म सम्भब छ) समयमा नै reply दिऔं ।  ईमेल गर्दा छोटो तर आफ्नो बिषय सँग मात्र सिमित राख्ने र यदि लामो ईमेल छ भने लामो नै जवाफको उपेछा नराख्ने ।  धेरै लामो ईमेल पठाउनुको मतलब धेरै सामान लिएर यात्रा गर्नु जस्तै हो त्यसैले लामो यात्रामा जादा धेरै सामान लिएर जादा जती गाह्रो हुन्छ त्यस्तै लामो...

सफलताका १० सुत्रहरु

  १.खतरा सँग नडराउनुहोस: यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ। २.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस: "उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस। ३ .खुसी रहने कोसिस गर्नुहोस: आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस। ४.लक्ष निर्धारण गर्नुहोस: म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम...